२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

तिहार : एकताको सन्देशसहित माइतीघरमा जेन-जी सहिदको सम्झना

जेन-जी २.० (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले तिहारको अवसरमा ‘जेन-जी सहिदहरूको सम्झनामा’ शीर्षकमा विशेष श्रद्धाञ्जली कार्यक्रम काठमाडौंको माइतीघर मण्डलामा बिहीबार सम्पन्न गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य सहिदहरूको बलिदानलाई सम्मान गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउने र सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता जनाइएको थियो।  

कार्यक्रममा जेन-जी २.० का प्रवक्ता अरविन राई, सदस्य–सचिव कुन्दन कुशवाहा र कोर कमिटी सदस्यहरू विपिन दुलाल, हेम खड्का, गौरव देवकोटा लगायतका वक्ताहरूले सहिदहरूको आदर्श र बलिदानलाई राष्ट्रनिर्माण र आत्मनिर्भर अर्थतन्त्रसँग जोड्नुपर्नेमा जोड दिएका थिए। प्रवक्ता राईले भने, ‘सहिदहरूले चाहेको नेपाल—एकताबद्ध, आत्मनिर्भर र न्यायपूर्ण—बनाउनु नै हाम्रो पुस्ताको जिम्मेवारी हो।’ सदस्य सचिव कुशवाहाले जोड दिए, ‘यो कार्यक्रम केवल सम्झना होइन, सहिदहरूको सपना साकार पार्ने राष्ट्रिय एकताको अभियान हो।’ त्यसैगरी विपिन दुलाल, हेम खड्का र गौरव देवकोटाले पनि सहिदहरूको आशा र वरदानलाई जोगाउने अठोट व्यक्त गरे। ‘सहिदहरूको सपना टुट्न नदिने हाम्रो पुस्ताको प्रतिज्ञा हो,’ उनीहरूले संयुक्तरूपमा भने।  

कार्यक्रममा दीप प्रज्वलन, मौन धारण र राष्ट्रिय गीतसहित सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। यसअघि जेन-जी २.० ले देशभक्तिपूर्ण र सृजनात्मक अभियानहरूका माध्यमबाट निरन्तर सकारात्मक कार्य गर्दै आएको छ। तीनकुने चोकलाई ‘जेन-जी चोक’ नामाकरण गरी देशभक्त युवाको योगदानलाई सम्मान, ‘नेपाल सबैका लागि खुला छ’ भन्दै पर्यटन प्रवर्द्धन सन्देश, ‘नेपालले तपाईंलाई पर्खिरहेको छ-तपाईंको आवश्यकता छ’ भन्दै विदेश जाने युवालाई प्रतिकात्मक विदाइ, र ‘बन्द उद्योग पुनःसञ्चालन पहल’ मार्फत रोजगारी र आत्मनिर्भर उत्पादनतर्फ ऐतिहासिक कदम चलाइसकेको छ।  

यी सबै पहलहरूलाई निरन्तरता दिँदै जेन-जी २.० ले राष्ट्रिय एकता, आत्मनिर्भरता र सहिदको सपना साकार पार्ने अभियानलाई अगाडि बढाउने प्रतिज्ञा गरेको छ।  

जेन-जी २.० का संरक्षक तथा परिकल्पानाकार डा. हरि कार्कीले सहिदहरूको बलिदान र नयाँ पुस्ताको चेतना मिलेर मात्रै नेपाल आत्मनिर्भर र एकताबद्ध राष्ट्र बन्न सक्ने बताए। जेन-जी २.० ले सहिदको सपना पूरा गर्ने यात्रालाई अब राष्ट्रिय अभियानका रूपमा अघि बढाएको उनले बताए।

प्रकाशित: ६ कार्तिक २०८२ २१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App