१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

खोलाले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

त्रियुगा नगरपालिका–५ दमौटीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीया रेबिका राई रहेकी छिन्।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा खोलाले बगाएको थियो। बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ। घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

प्रकाशित: १९ आश्विन २०८२ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App