नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन १’ ले अन्तिम चरणका लागि उत्कृष्ट ८ प्रतिस्पर्धी छानिएका छन्। यो शो एभेन्टोज डिजिटलले आयोजना गरेको हो।
आयोजकका अनुसार अन्तिम चरणमा स्याङ्जाका लिलबहादुर थापा मगर, धादिङकी रितु कुमाल, धादिङका अमृत जर्घा मगर, दोलखाकी निशा लामा, बाँकेका मानव रावत क्षेत्री, चितवनका नरन पौडेल, कास्कीका अनिल चापागाईं र दोलखाका दीपक थापा मगर छानिएका छन्।
शोको फिनाले आगामी चैत १७ गते काठमाडौंमा हुनेछ। आयोजकका अनुसार देशका जिल्लाबाट सहभागी भएका गायकगायिकाहरूले आफ्ना जिल्लाको प्रतिनिधित्व गर्दै नेपाली लोकदोहोरी संगीतलाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिएका छन्। आयोजकले नेपाली लोकसंगीतका नयाँ प्रतिभालाई राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएका छन्।
प्रकाशित: १६ फाल्गुन २०८२ १०:२२ शनिबार





