१७ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग

रसुवा बाढी प्रभावितलाई डोल्पाका तीन स्थानीय तहले उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५० हजार आर्थिक सहयोग गरेका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाले रु दुई लाख, छार्का ताङसोङ गाउँपालिकाले रु दुई लाख र शे–फोक्सुण्डो गाउँपालिकाले रु एक लाख ५० हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख जनचन्द्र रोकायाले जानकारी दिए।

विपद्मा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यकासाथ उक्त रकम सहयोग गरिएको छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले जानकारी दिए। भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएको छ। रासस

प्रकाशित: १७ भाद्र २०८३ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App