१७ भाद्र २०८३ बुधबार
image/svg+xml
अर्थ

बाढीमा चेक र एटीएम कार्ड गुमाएकालाई सहज बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

भोटेकोशी बाढी लगायतका प्राकृतिक विपद्‌मा परी चेक, एटीएम कार्ड, मोबाइल र अन्य आवश्यक कागजात गुमाएका पीडितलाई सहज रूपमा बैंकिङ सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मङ्गलबार एक सूचना जारी गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई विपद्पीडित ग्राहकको पहिचान यकिन गरी तत्काल आवश्यक सहजीकरण गर्न भनेको हो।

विपद्का बेला नागरिकले सम्पूर्ण कागजात र बैंकिङ सामग्री गुमाउने भएकाले वित्तीय सेवा लिन थप सास्ती नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले यो व्यवस्था ल्याएको जनाएको छ।

नयाँ निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले आफ्नै अभिलेखमा रहेको ग्राहकको पुरानो हस्ताक्षरको नमुना, फोटो र अन्य विवरणका आधारमा ग्राहकको पहिचान सुनिश्चित गरी सेवा दिन सक्नेछन्।

प्रकाशित: १७ भाद्र २०८३ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App