रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियाली नागरिकले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार डलर (नेपाली २२ लाख ८० हजार रुपैयाँ) आर्थिक सहयोग गरेका छन्।
बाढीका कारण प्रभावित नागरिक तथा समुदायको राहत, पुनर्स्थापना र आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले विपद्को कठिन घडीमा कोरियामा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवाशुल्क पूर्ण रूपमा मिनाहा गर्दै आएको छ।
विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै कम्पनीले यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनर्स्थापनाको कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
प्रकाशित: १७ भाद्र २०८३ १६:२१ बुधबार


-600x400.jpg)


