१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु, घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

हुम्लाको चङ्खेली गाउँपालिका–४ देसीखोलामा बोलेरो जीप दुर्घटना परी घाइते भएकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।  

घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । घाइते भएका अन्य चार जनाको पनि पुनः उद्धारको तयारी भइरहेको स्थानीय ध्रुव शाहीले जानकारी दिए।  

सोही गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो ।  

बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चङ्खेली गाउँपालिका–६ मनवीर बुढा, उनका छोरा र सिमकोट गाउँपालिका–८ की वसन्ती बुढाको मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका थिए ।  

ग्रामीण कच्ची सडकबाट कर्णाली प्रदेश०२००१च १०९१ नम्बर जीप करिब तीन सय फिट तल खसेको थियो । 

प्रकाशित: २४ आश्विन २०८२ १८:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App