१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

रौतहटको दशगजा क्षेत्रमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु

रौतहट सदरमुकाम गौरमा बाढीको पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ।

बागमती र लाल बकैया नदीमा गत साता आएको बाढीको पानीले निकास नपाएर नेपाल-भारत सीमाको दशगजा क्षेत्र डुबानमा परेको छ।

सदरमुकाम गौर नगरपालिका १ स्थित नेपाल-भारत सीमा क्षेत्रमा जमेको पानीमा तैरिँदा राजदेवी नगरपालिका वडा नम्बर ८ की १५ वर्षीया रागनी यादव, १३ वर्षीया आस्था कुमारी बैठा र १५ वर्षीया मौसमी बैठाको पानीमा डुबेर मृत्यु भएको हो।

सोमबार बिहान सात जना बालबालिका गाउँबाट घाँस लिन गएका थिए। घाँस लिएर फर्कने क्रममा सातै जना पानीमा डुबेका थिए। स्थानीय र प्रहरीको सहयोगमा चार जना सकुशल निस्कन सफल भए पनि तीन जनाको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ आश्विन २०८२ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App