३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

खोलामा डुबेर तीन बालिकाको मृत्यु

सांकेतिक तस्बिर

झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

उनीहरूको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ।  

प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित: ३० आश्विन २०८२ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App