३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

भागेका तीन जना कैदी प्रहरी नियन्त्रणमा

रौतहटको सदरमुकाम गौर कारागार फुटाएर फरार भएका थप तीन जना कैदीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।

जेन-जी आन्दोलनको क्रममा मंगलवार मध्य रातमा गौर कारागार फुटाएर सीमावर्ती भरततर्फ लुकिबसेको अवस्थामा बाराको निजगढ नपा ४ का पासाङ तामाङ, कास्की पोखरा ७ का प्रकाशकुमार कुँवर र चन्द्रपुर नपा २ फुलवारीका अमित ठोकरलाई भारत बैरगनियाका प्रहरीले पक्राउ गरेका हुन ।

भारत बैरगनिया थाना प्रभारी उमा शङकर रजकले गत बुधवार १७ जना कैदी बन्दिलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । गौर कारागार फुटाएर भारतको बैरगनिया बजारमा आश्रय गरेर बसिरहेको विशेष सूचनाको आधारमा थप तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए ।

गौर कारागारमा रहेका २९१ जना कैदी मध्ये २७ जना बाहेक सबै फरार भएका थिए । अहिले सम्म विभिन्न स्थानहरूबाट गरेर ५९ जना कैदीलाई समात्न सफल भएका छौँ डिएसपी कार्कीले थपे यति बेला गौर कारागारमा ८६ जना कैदीबन्दीहरु  छन् । अझ २०५ जना कैदीबन्दीहरु फरारको बताए । स्थानीय प्रशासनले कारागार फुटाएर भागेका कैदीबन्दीलाई आत्मसमर्पण गरी कारागार फर्किन आग्रह गरेका छन् ।

प्रकाशित: २७ भाद्र २०८२ १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App