रोल्पाको थबाङ गाउँपालिका ५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् भने नौ जना बेपत्ता भएका छन्।
पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका ५ की १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।
घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।
पहिरोमा बेपत्ता हुनेमा ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
लगातारको वर्षाका कारण पहिरो खस्दा घर तथा गोठ पुरिएको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ श्रावण २०८३ १०:३५ बिहीबार





