१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ठगी अभियोगमा तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर रु ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन्।

प्रहरीले बिहीबार ती अभियुक्तहरूलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ। 

प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका–१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका–३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका–१ का रामकुमार राईलाई पाँच जना पीडितबाट उक्त रकम ठगेका हुन्।

अभियुक्तहरूले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पीडितहरूबाट विभिन्न समयमा लाखौँ रुपैयाँ लिएका थिए।

प्रकाशित: १ फाल्गुन २०८२ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App