बेरोजगार युवायुवतीलाई बेलायत(युके) पठाइदिन्छु भनेर लाखौँ ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फरक ठगीका घटनामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।
पहिलो घटनामा १३ लाख असुलेर सम्पर्कविहीन भएका प्युठानका इन्द्रबहादुर केसी र धादिङका धार्केका आइते तामाङ पक्राउ परेका छन्। उनीहरू सात जना पीडितबाट सो रकम असुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई बिहीबार गोंगबुबाट पक्राउ गरेर अनुसन्धानका लागि म्याद थप गरेर हिरासतमा राखेको छ।
यस्तै अर्को घटनामा युके पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख लिएर सम्पर्कविहीन भएका काठमाडौंका २४ वर्षीय विजय गुरुङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित: २० पुस २०८२ १८:११ आइतबार





