१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

आज समानुपातिक सांसदको नाम टुंग्याउँदै राप्रपा

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो। बैठकमा पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस गर्नेछ। समानुपातिकमा ३ लाख ३० हजार ६ सय ८४ मत पाएको राप्रपाको भागमा चार सांसद परेका छन्।

प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रत्यक्षतर्फ एक सांसद जितेको राप्रपाले निर्वाचनमा पार्टीको पराजयबारे समीक्षा गरिने छ।

प्रकाशित: १ चैत्र २०८२ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App