१ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले भन्यो : होर्मुज स्ट्रेट केवल अमेरिकी र इजरायली जहाजका लागि बन्द

इरानी विदेशमन्त्री अब्बास अराघचीले एक अमेरिकी सञ्चार संस्थासँगको अन्तर्वार्तामा होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द नभएको बताएका छन्।

अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय समुद्री मार्ग बन्द गरेको रूपमा चित्रण गर्न खोजिरहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। इरान सम्पूर्ण विश्वको विरुद्धमा उभिएको भन्ने धारणा सिर्जना गर्न खोजिएको बताउँदै उनले यो समुद्रमार्ग अमेरिकी र इजरायली जहाजहरूका लागि मात्र बन्द रहेको उल्लेख गरे।

अन्तर्वार्तामा अराघचीले इरानको खार्ग टापुमा भएको अमेरिकी आक्रमणको पनि उल्लेख गर्दै त्यहाँ प्रहार गरिएका केही क्षेप्यास्त्रहरू संयुक्त अरब इमिरेट्सबाट प्रहार गरिएको बताए।

उनले भने, 'क्षेप्यास्त्रहरू नागरिक बस्तीको धेरै नजिकका स्थानहरूबाट प्रहार गरिएको थियो, जसले गर्दा धेरै खतरनाक अवस्था सिर्जना भएको थियो।' इरानले आफूविरुद्ध प्रहार गरिएका स्थानहरूबाट बदला लिन सक्ने उनले चेतावनी समेत दिए।

अराघचीले इरान आफ्ना छिमेकीहरू वा सम्पूर्ण विश्वसँग युद्ध नचाहने र इरान सबै विरुद्ध लडिरहेको दाबी गलत रहेको जिकिर गरे।

प्रकाशित: १ चैत्र २०८२ १०:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App