२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

आन्दोलनका क्रममा खाद्य गोदामबाट हजारौँ क्वीन्टल चामल र चिनी लुटपाट

जेनजी आन्दोलनका क्रममा मङ्गलबार साँझ लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा तोडफोड र लुटपाट गरिएको छ। ठूलो समूहमा आएका उनीहरुले हजारौँ क्वीन्टल चामल र चिनी लुटेका छन्।

कम्पनीका लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोले भने, 'गोदाममा भण्डारण गरिएको करिब सात हजार क्वीन्टल जिरा मसिना चामल, ५०० क्वीन्टल सोना मन्सुली चामल र तीन हजार ५०० क्वीन्टल चिनी लुटिएको छ।'

उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा आगजनी गरेपछि आन्दोलनकारीहरूले खाद्य गोदाममा आक्रमण गरेका थिए। लुटपाटपछि कार्यालयको चारपाङ्ग्रे सवारी साधनमा आगजनी गरिएको छ। हाल नेपाली सेनासहितका सुरक्षाकर्मीहरूले सुरक्षा प्रदान गरेका छन्।

प्रकाशित: २५ भाद्र २०८२ १८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App