१३ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

सुकुम्वासी बस्तीका घरपालुवा जनावरको यसरी हुँदैछ स्याहार

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा काठमाडौंका विभिन्न सुकुम्वासी बस्ती भत्काउने कार्य भइरहँदा त्यहाँ रहेका घरपालुवा तथा बेवारिसे जनावरको संरक्षण र स्याहार सुरु गरिएको छ।

बस्ती हटाउने क्रममा विस्थापित भएका २१९ परिवारलाई रङ्गशालामा स्थानान्तरण गरिएसँगै कुकुर, गाईलगायतका जनावरको उपचार र व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको हो।

बस्ती खाली गराउने क्रममा भेटिएका जनावरको हेरचाहका लागि स्नेहा केयर र क्याट लगायतका संस्थाहरू सक्रिय रूपमा काम गरिरहेका छन्।

यी संस्थाहरूले घरपालुवा जनावरलाई खाना खुवाउने, संरक्षण गर्ने र बिरामीको उपचार गर्ने कार्य गरिरहेका छन्। साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने काम समेत भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का र्यालयले जनाएको छ।

शनिबार र आइतबार थापाथली, गैरीगाउँ र सिनामंगल लगायतका क्षेत्रमा डोजर लगाएर अव्यवस्थित संरचनाहरू हटाइएको छ।

आइतबार मध्याह्नसम्म ती बस्तीबाट २१९ परिवारलाई रङ्गशाला पुर्‍याएर उनीहरूका लागि खाना र अस्थायी बसोबासको उचित प्रबन्ध मिलाइएको छ।

वास्तविक भूमिहीनलाई सुरक्षित बसोबास सुनिश्चित गर्ने प्रक्रियामा नेपाल प्रहरी मानवीय संवेदनशीलतासहित परिचालित भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले वास्तविक पीडितको न्याय र सुरक्षित आवासका लागि प्रहरी प्रतिबद्ध रहेको बताए।

तस्बिरहरु: प्रधानमन्त्रीको सचिवालयबाट

*

प्रकाशित: १३ वैशाख २०८३ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App