१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

गोल्डेन बुटको दौडमा मेस्सी अग्रस्थानमा

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्यो। बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा लियोनेल मेस्सीको टोलीले इंग्ल्याण्डलाई २–१ ले हराउँदै फाइनल तय गरेको हो।

टोली ८५ मिनेटसम्म ०–१ ले पछि पर्नुअघि अन्तिम सात मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित गरेको थियो। एन्थोनी गोर्डनको ५५ औं मिनेटको गोलसँगै इंग्ल्याण्ड एटलान्टामा फाइनलतर्फ अगाडि बढिरहेको देखिन्थ्यो। तर, अन्तिम मिनेटमा लियोनेल मेस्सीले खेललाई उल्टाए।

मेस्सीको पासमा एन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि, इन्जुरी समयको दोस्रो मिनेटमा लौटारो मार्टिनेजले मेस्सीको क्रसबाट उत्कृष्ट हेडर गोल गर्दै जित सुनिश्चित गरे।

इंग्ल्याण्डसँगको खेलमा दुई असिस्ट गरेसँगै मेस्सी गाल्डेन बुटको दौडमा अग्रस्थानमा आएका छन्। उनी ८ गोल र ४ असिस्टसहित गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिए।

यसअघि ८ गोल र ३ असिस्टसहित फ्रान्सका किलियन एम्बाप्पे शीर्ष स्थानमा थिए। नर्वेका एर्लिङ हालाण्ड भने ७ गोलमा रोकिए।

३९ वर्षीय मेस्सीले विश्वकपमा २१ गोलसहित सर्वाधिक गोलकर्ता हुन्। उमेरका बावजुत पनि उनी अरु खेलाडीसरह खेलीरहेका छन्। उनी भन्दा एम्बाप्पे एक गोलले तल छन्।

अब मेस्सीकोे अर्जेन्टिनाले फाइनल र एम्बाप्पेको फ्रान्सले तेस्रो स्थानको लागि खेल्न बाँकि छ। एक एक खेल बाँकी रहँदा उनीहहरुले थप गोल गर्न सक्छन् कि सक्दैनन हेर्न बाँकी छ।

जुलाई १९ मा फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ। यो अर्जेन्टिनाको सातौं विश्वकप फाइनल हुनेछ। टोलीले यसअघि १९३०, १९७८, १९८६, १९९०, २०१४ र २०२२ मा फाइनल खेलेको छ।

अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको छ। अब, उनीहरूसँग लगातार दोस्रो र समग्रमा चौथो उपाधि जित्ने लक्ष्यमा छन्।

प्रकाशित: ३२ असार २०८३ १२:४८ बिहीबार