२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थलमा कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

विभागले विज्ञप्ति जारी गरी देहाय बमोजिमका थप कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र यात्रा गर्न अनुरोध गरेको हो।  

विभागले यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल/रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे) र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै हो भने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको छ।

साथै, सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर/रसिदर भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: २४ चैत्र २०८२ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App