मतदान सुरु हुनुभन्दा तीन घण्टाअघिदेखि मतदान नसकिँदासम्म भय, त्रास सिर्जना नगर्न निर्वाचन आयोगले सबैसँग अनुरोध गरेको छ।
आयोगले यो अवधिमा एसएमएस नपठाउन तथा नाचगान र भोजसमेत गर्न नहुने स्पष्ट पारेको छ। यी अनुरोध उल्लङ्घन गर्नेलाई ५० हजार रुपैयाँसम्मको जरिवाना वा जेल सजाय हुने आयोगले चेतावनीसमेत दिएको छ।
मतदानको पूर्व तयारी र मतदान प्रक्रिया सम्पन्न भएपछि पनि केही महत्वपूर्ण व्यवहारमा कडाइ गरिने आयोगले स्पष्ट पारेको छ।
नयाँ निर्वाचन नियमावली अनुसार, मतदान सुरु हुनु तीन घण्टाअघि र मतदान समाप्तिपछि पनि मतदाता वा मतदान केन्द्रमा मतदानमा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुग्ने गरि केही नगर्न अनुरोध गरेको छ। यस्तै उनीहरलाई त्रास सिर्जन र निर्वाचनको वातावरण विथोल्ने काम नगराउन पनि आयोगले अनुरोध गरेको छ।
आयोगले शान्तिपूर्ण तरिकाले मतदान सञ्चालनको लागि सबै नागरिकलाई सहकार्यको अपिल गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ ११:४० मंगलबार





