२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्ष नै संरक्षक बनेर नागरिकता प्रदान

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीया दुर्गा ठकुरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। लामो समयदेखि पहिचानविहीन ठकुरीलाई आँबुखैरेनी गाउँपालिकाको पहलमा नागरिकता दिइएको हो।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमान संरक्षक बनेर उनलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष दिनेश केसीले जानकारी दिए। उनले भने, ‘७० वर्ष पहिला आँबुखैरेनी आएकी उनको परिवारका बारेमा कसैलाई जानकारी छैन। सबैले दुर्गा ठकुरी भनेर चिन्थे, नागरिकता नहुँदा पहिचानविहीन भएपछि नागरिकता बनाउन सहजीकरण गरेका हौं।’

वडाध्यक्ष केसीले सबै आवश्यक प्रक्रिया पूरा गरेर प्रशासन कार्यालयमा सोमबार उनलाई नागरिकता प्रदान गरिएको जानकारी दिए। ‘उनी कोसँग यहाँ आए, उनको परिवार को हो भन्ने कसैलाई थाहा छैन। खैरेनीमा सिङ्गापुरे लाहुरे भनेर चिनिने घरमा मात्र ४० वर्ष बसे।’

बाबुआमाको पहिचान नखुलेकी महिलालाई आवश्यक सबै प्रक्रिया पूरा गरी नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: २७ श्रावण २०८२ ०७:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App