म्याग्दीको धवलागिरि गाउँपालिका–४, बाँसबोटमा पहिरोले आंशिक रूपमा थुनिएको म्याग्दी नदी पुनः सञ्चालनमा आएको छ।
बुधबार दिउँसो भीरबाट खसेको पहिरोका कारण करिब एक घण्टा थुनिएको नदी, थुप्रिएको ठाउँमा पानीको सतह बढेर बग्न थालेपछि (ओभरफ्लो भएपछि) पुरानै अवस्थामा फर्किएको हो।
गएरातिदेखिको अविरल वर्षाका कारण गाउँपालिकाको वडा नम्बर ४ र ६ जोड्ने बाँसबोट भीरबाट पहिरो खस्दा बुधबार दिउँसो नदी करिब एक घण्टासम्म अवरुद्ध बनेको थियो।

प्रकाशित: २५ असार २०८२ १५:४४ बुधबार





