१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

परिवर्तनको संवाहकका रूपमा उदाउँदै जेन–जी पुस्ता

अन्तर्राष्ट्रिय स्तरमा ‘जेन–जी मुभमेन्ट’को उदय कुनै एक कारणले मात्र सुरु भएको होइन। यसका पछाडि राजनीतिक मात्र नभई सामाजिक, आर्थिक र प्राविधिक पक्षले भूमिका खेलेका छन्। 

सन् १९९७ देखि २०१२ बिच जन्मिएका पुस्तालाई ‘जेनेरेसन–जेड’ अर्थात् ‘जेन–जी’ पुस्ता भनिन्छ। जन्मँदै डिजिटल स्क्रिनमा भेटेको यो पुस्तालाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ, किनभने उनीहरू प्रविधिसँगै हुर्केका छन्। यसर्थ उनको शारीरिक तथा बौद्धिक विकास क्रममा डिजिटल अभ्यस्तताको स्थान छ। जसको डिजिटल अभ्यस्तताको सिकाई स्तर अघिल्ला पुस्ताभन्दा अझै पृथक् छ। उनीहरू नयाँ डिजिटल एप तथा प्लेटफर्महरू छिट्टै बुझ्ने र प्रयोग गर्ने क्षमता राख्छन्। डिजिटल क्रान्तिका कारण पनि जेन–जी पुस्ताले विश्वभरका मानिसको जीवनशैली र घटनाक्रमबारे प्रत्यक्ष जानकार हुन्छन्। 

जेन–जीको त्यो प्रभावबाट नेपाल पनि अछुतो थिएन/छैन। पछिल्लो उथलपुथलले जेन–जीको तागत कति शक्तिशाली बन्दै गएको छ भन्ने पुष्टि पनि गरेको छ। भदौ २३ र २४ गते नेपालमा जेन–जीले भ्रष्टाचारविरुद्धको मुख्य एजेन्डासहित थालेको आन्दोलन दुई दिनमै सत्ताको घुँडा टेकाउन सफल भयो।

अहिले डिजिटल संसार समाजको अभिन्न अंग बनिसकेको छ। समाजका हरेक आयामहरू डिजिटल प्लेटफर्मबिना अधुरो छन्। यही कारण पनि जेन–जी पुस्ताले विश्वभर सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा प्रभाव पार्दै आएको छ। विश्व परिवेश बुझेर परम्परागत राजनीतिक, सामाजिक, आर्थिक शैली र नियममाथि प्रश्न उठाउने गरेका छन्। 

जेन–जीको त्यो प्रभावबाट नेपाल पनि अछुतो थिएन/छैन। पछिल्लो उथलपुथलले जेन–जीको तागत कति शक्तिशाली बन्दै गएको छ भन्ने पुष्टि पनि गरेको छ। भदौ २३ र २४ गते नेपालमा जेन–जीले भ्रष्टाचारविरुद्धको मुख्य एजेन्डासहित थालेको आन्दोलन दुई दिनमै सत्ताको घुँडा टेकाउन सफल भयो। सतहमा जेन–जीले उठाएका मुख्य मागमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको सरकारी निर्णय देखिए पनि राजनीतिमा मौलाउँदै गएका विकृति विसंगतीका लामा अध्याय पनि छन्। जसको शुद्धीकरण हुन आवश्यक थियो। जेन–जीले नेपालमा अहिले राजनीतिक गरे पनि विश्वका अन्य देशमा यस्तो अभ्यास पहिल्यै भइसकेको थियो। जुन पुरानो पुस्ताका नेताले बुझ्नै नसकेको देखिन्छ। 

जेन–जी पुस्ताको सोच, व्यवहार, सिक्ने तरिका र संसारलाई हेर्ने दृष्टिकोण अघिल्ला पुस्ताको भन्दा भिन्न देखिन्छ। यो पुस्ताले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी र बजारमा आएको परिवर्तनलाई नजिकबाट देखेको छ। जसले गर्दा उनीहरू पैसा र भविष्यको विषयमा बृहत् सोच राख्छन्।

जेन–जी पुस्ताले परम्परागत श्रम संस्कृति भन्दा काम र व्यक्तिगत जीवनबिचको  सन्तुलनलाई पनि बढी महत्त्व दिएको देखिन्छ। हरेक कामलाई प्रविधि, डिजिटल कला शैलीजस्ता नयाँ माध्यमबाट वैकल्पिक उपाय देखाउने गरेका छन्। 

जेन–जी पुस्ताले समाजमा राजनीतिक चेतनाको विकाससँगै जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, लैंगिक समानता र सामाजिक न्यायजस्ता मुद्दाहरूलाई महत्वका साथ लिँदै आएका छन्। प्रविधिसँग अभ्यस्तता भएको पुस्ता भएकाले उनीहरूले त्यस्ता विश्वव्यापी विषयमा अन्याय भएको महसुस भए सामाजिक सञ्जालबाटै आवाज उठाउने र विद्रोह गर्न सक्ने अवस्था विश्वभर देखिँदै आएका छन्। 

जेन–जी पुस्ताले परम्परागत श्रम संस्कृति भन्दा काम र व्यक्तिगत जीवनबिचको  सन्तुलनलाई पनि बढी महत्त्व दिएको देखिन्छ। हरेक कामलाई प्रविधि, डिजिटल कला शैलीजस्ता नयाँ माध्यमबाट वैकल्पिक उपाय देखाउने गरेका छन्। यही कारण जेन–जी पुस्तालाई केबल एक उमेर समूह मात्र नभएर प्रविधि, सचेतना र सामाजिक परिवर्तनको एक शक्तिशाली संवाहकका रूपमा हेर्न थालिएको छ। 

जेन–जीले काला जातीमाथिको विभेद अन्त्यका लागि अमेरिकाबाट सुरु गरेको ‘ब्ल्याक लाइभ्स’जस्ता आन्दोलन सामाजिक सञ्जालमार्फत नै विश्वव्यापी बनाएका थिए। यस्तै जलवायु परिवर्तनको विषयलाई लिएर विश्वव्यापी रूपमा अभियान चलाउँदै आएका छन्। यस्तै सन् २०१८ मा स्विडेनकी ग्रेटा थनबर्गसहितका युवा अभियन्ताहरूले सुरु गरेको ‘फ्राइडेज फर फ्यूचर’ आन्दोलनले सरकार र ठुला कम्पनीलाई जलवायु परिवर्तनका विषयमा जबाफदेही बनाउन दबाब दिएको थियो। 

यसरी प्रभावकारी अभियान चलाइरहेका जेन–जी पुस्तालाई परिवर्तनका संवाहकको रूपमा हेर्न थालिएको छ।  तर केही समाजशास्त्री भने जेन–जी पुस्तामा विषयवस्तुमा एकाग्रताको कमी देखिने गरेको पनि टिप्पणी गर्छन्। 

प्रकाशित: २७ भाद्र २०८२ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App