१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

संविधानको रक्षाका लागि बारले दीप प्रज्वलन गर्ने

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले संविधानको रक्षा गर्न आज दीप प्रज्वलन गर्ने भएको छ।

बारका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले संविधानभित्र रहेर मुलुकलाई निकास दिने उद्देश्यका साथ आज साँझ ५ बजे दीप प्रज्वलन गर्ने र त्यसअघि अहिले १ बजे ‘जेन-जी’ आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा घाइतेको स्वास्थ्य लाभको कामना गर्ने कार्यक्रम रहेको बताए।

उपत्यकाबाहिर र देशभरका बारले सभाको आयोजना गरी आन्दोलनमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्य लाभको कामना गर्ने जनाइएको छ।

साँझ ५ बजे दीप प्रज्वलन कार्यक्रममा सम्पूर्ण कानुन व्यवसायीलाई कालोकोटसहितको ड्रेसमा संविधानको पुस्तकसहित उपस्थित हुन बारले अनुरोध गरेको छ। रासस

प्रकाशित: २७ भाद्र २०८२ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App