२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

मायादेवी मन्दिरको दर्शन गर्न पुगिन थाइलेण्डकी राजकुमारी

थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी मायादेवी मन्दिर दर्शन गरेकी छन्। बुद्धको जीवनसँग सम्बन्धित प्रमुख चार स्थानको भ्रमणमा निस्केकी उनी बिहीबार लुम्बिनी आइपुगेकी थिइन्। 

उनलाई शुक्रबार लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, सिद्धार्थ नगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी विकास कोषको योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका थिए। उनी हिजो भारतको सुनौली नाका हुँदै लुम्बिनी आएकी हुन्।

४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन्। राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन्। त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन्। 

७० सदस्यीय प्रतिनिधि मण्डलको प्रतिनिधिन्व गर्दै बुद्धले महापरिनिर्वाणको समयमा भनेको चार प्रमुख स्थल बोद्धगया, सारनाथ,कुशीनगर र लुम्बिनीको तीर्थाटनमा निस्केकी उनी भारतका तीन स्थाको दर्शन सकेर नेपाल आएकी हुन्।  

प्रकाशित: १६ माघ २०८२ १८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App