१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

नेपाल-भारत सीमावती जोगवनीमा तनाव, केही समय सीमा नै बन्द

नेपाल-भारत सीमा क्षेत्र जोगवनीमा दुई समूदायबीच तनाव भएपनि सीमा नाका दुई घण्टा बन्द भएको छ।  

भारततर्फको तनावका कारण नेपालीको सुरक्षाका लागि सीमा क्षेत्र २ घण्टा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता कोपीला चुँडालले जानकारी दिइन् ।  

उनका अनुसार तनाव मत्थर भएसँगै अहिले सीमा नाका सुचारु गरिएको छ । चुँडालले भनिन्, ‘भारततर्फ तनाव भएपछि जोगवनीमा किनमेल गर्न जाने नेपालीको सुरक्षालाई दुई घण्टा सीमा बन्द गरिएको थियो । त्यता शान्त भएसँगै सीमा सुचारु भइसकेको छ ।’ तनावले सीमा क्षेत्रमा दुवैतर्फ  सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको स्थानीयले बताएका छन् । इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदका बारेमा गलत टिप्पणी गरिएको भन्दै विरोध सुरु भएको जनाइएको छ ।  

हिन्दु समुदायले पैगम्बरका बारेमा सामाजिक सञ्जालमा गलत टिप्पणी गरेको भन्दै मुस्लिम समुदाय विरोधमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । त्यसपछि बजरंग दलका युवा आइपुगेपछि मुस्लिम र हिन्दू समुदायबीच झडप भएको स्थानीयले बताए । 

प्रकाशित: १० आश्विन २०८२ १५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App