११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

बाढीपहिरो र वर्षाका कारण विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध

निरन्तरको हावाहुरीसहितको वर्षा तथा देशका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण विभिन्न स्थानमा दूरसञ्चार सेवा अवरुद्ध भएको सञ्चार मन्त्रालयले जनाएको छ।

सम्बन्धित कम्पनीका अनुसार असोज ८ गतेदेखि जारी प्रतिकूल मौसमका कारण यात्रामा कठिनाइ, अप्टिकल फाइबरमा क्षति, विद्युत् आपूर्तिमा अवरोध तथा हिमपात, वर्षा र बादलका कारण सोलार साइटको प्रभावकारिता घट्दा सेवा सञ्चालनमा कठिनाइ भएको हो।

सेवा अवरुद्ध भएका स्थानमा प्राविधिक रूपमा सिस्टमबाट गर्न सकिने मर्मतसम्भारका काम भइरहेको कम्पनीले जनाएको छ। सम्भव भएका स्थानमा स्थलगत रूपमा समेत सेवा मर्मतको काम निरन्तर भइरहेको बताइएको छ।

मौसममा सुधार आएसँगै सम्बन्धित कार्यस्थलमा खटिने गरी प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको कम्पनीले जनाएको छ।

कम्पनीले बाढी, पहिरो र निरन्तर वर्षाका कारण उत्पन्न विषम परिस्थितिमा सेवा प्रभावित हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, कठिन परिस्थितिमा ग्राहकले देखाएको धैर्यताप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित: ११ आश्विन २०८३ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App