११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

३४ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, १७ मा उच्च जोखिम

आज देशका विभिन्न जिल्लामा बहने स-साना नदी तथा खोलानालामा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले आकस्मिक बाढीको जोखिम रहेको बाढी सूचना प्रणालीले देखाएको छ।

आज (आइतबार)का लागि नेपाल बाढी सूचनाद्वारा जारी सूचनाअनुसार बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

त्यस्तै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा र गुल्मी तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलानालामा आकस्मिक बाढीको उच्च जोखिम रहेको सूचनामा उल्लेख छ।

ती क्षेत्रमा नदी तथा खोलानालाको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा खोला किनारमा बसोबास गर्ने र आवतजावत गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित: ११ आश्विन २०८३ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App