३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

तनहुँमा शौचालय जान्छु भनी निस्किएकी किशोरी मृत भेटिइन

<br>

तनहुँको भानु नगरपालिकाकी एक किशोरी गोरखास्थित मर्स्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्।

भानु नगरपालिका–९, काउरेटार निवासी १७ वर्षीया रमा कुमालको शव आज (सोमबार) पालुङटार नगरपालिका–९ स्थित नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, रमा आइतबार राति शौचालय जान्छु भनेर घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।

खोजी गर्ने क्रममा उनको शव आज बिहान तनहुँसँग सिमाना जोडिएको गोरखाको पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे जानकारी पाए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।

प्रकाशित: १९ श्रावण २०८२ २२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App