९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

मेहेलेका शिक्षक मण्डलको करेन्ट लागेर मृत्यु

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत एक शिक्षकको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार खुवा आधारभूत विद्यालय मेहेलेमा कार्यरत दिलिपकुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको हो।

मण्डल दसैँतिहार बिदाका लागि आफ्नो घर मधेस प्रदेशको सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नं ३ मुसहर्निया पुगेका थिए। खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर उनको आफ्नै घरमा मृत्यु भएको जानकारी परिवारले दिएको सिदिङवा गाउँपालिकाको शिक्षा शाखाका प्रमुख बद्रि सिटौला(बिनोद)ले जानकारी दिए।

सिटौलाका अनुसार मण्डल विगत चार वर्षदेखि खुवा आधारभूत विद्यालयको निम्न माध्यमिक तह राहत शिक्षकको रूपमा कार्यरत थिए।

प्रकाशित: ३ कार्तिक २०८२ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App