गृहमन्त्रालयले कारागारबाट फरार रहेका कैदीबन्दी खोजी र पक्राउ गर्न कार्यदल गठन गरेको छ। शुक्रबार बसेको गृहमन्त्री स्तरीय बैठकले कारागार रहेका सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को संयोजकत्व रहनेगरी कैदीबन्दीको खोजी गर्न कार्यदल गठन गरेको हो।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देशभरका कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएका छन्। जसले नेपालको अन्तर्राष्ट्रिय छविमै नराम्रो असर परिरहेको छ।
कार्यदलमा सम्बन्धित जिल्लाका सिडिओको संयोजकत्वमा अन्य निकायका प्रतिनिधिहरू सदस्य तोकिएको छ। कार्यदलले फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्नेछ ।
यस्तो छ कारागार विभागको प्रेस विज्ञप्ति


प्रकाशित: १० आश्विन २०८२ १९:५० शुक्रबार





