२७ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

कपिलवस्तुमा शंकास्पद वस्तु भेटियो

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं १ रङ्गपुरतर्फ जाने जमुवार खोला पुलमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। 

पुलमाथि रातो कपडाले बेरिएको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ भने नेपाली सेनाको टोली समेत त्यहाँ केही बेरमा पुग्ने प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०८२ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App