२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

ढिला सुस्ती नगर्न नापी कार्यालयको ध्यानाकर्षण

ढिलासुस्तीविरुद्ध भक्तपुर नापीलाई मंगलबार ध्यानाकर्षण गराइएको छ ।  

भ्रष्टाचारविरुद्धको अभियन्ताको एक टोलीले कार्यालय प्रमुखसँग भेटघाट गरी ध्यानाकर्षण गराइएको हो । अभियन्ता प्रेमध्वज लामाको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख पूर्णप्रसाद पाण्डेसँग भेटघाट गरी एक घण्टामा हुने काम एक दिन लगाउने गरी काममा अलमल गर्ने गरेको भन्दै ध्यानाकर्षण गराइएको हो ।  

भेटघाटमा कार्यालय प्रमुख पाण्डेले सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा गर्न आफूहरु जहिले पनि प्रयत्नशिल रहने जनाए । यसका लागि सबैको साथको आवश्यकता रहेको उनले औंल्याए । 

प्रकाशित: १६ मंसिर २०८२ १६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App