२६ असार २०८३ शुक्रबार
image/svg+xml
समाज

लागुऔषधसहित सुर्खेतका युवक पक्राउ

बर्दिया प्रहरीले लागुऔषधसहित सुर्खेतका एक युवकलाई पक्राउ गरेको छ।

बढैयाताल गाउँपालिका-८ नयाँ बस्तीस्थितबाट लागुऔषधसहित सुर्खेतका युवकलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिका-१४ गुमीका २४ वर्षीय बिरेन्द्र परियार रहेका छन्।

भारतबाट नेपालतर्फ शंकास्पद रूपमा आइरहेका परियारलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाईछिपाई राखेको १२ ग्राम ६ सय ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

परियारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ असार २०८३ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App