म गणेश नेपाली
म ठ्याक्कै पच्चीस वर्षको भएँ,
राइडर मेरो बाँच्ने मेसो थियाे,
राहदानी विभाग, त्रिपुरेश्वरमा
आत्मदाह गर्नुको अर्थ थाह छ सरकार!
जसरी गरिखाने साधनमा
अन्यायको ‘ह्वील लक’ लाग्छ,
अनि विवश भई सोध्छु—
विदेश नगएर म कहाँ जाऊँ?
इस्टन्टबाजी गर्दै,
अल्गोरिदमको जालोमा पारेर
कहिलेसम्म झुक्याउने जनतालाई?
सानो कुरामा जरिवानाको भारी बोकाउने,
र रहरहरूलाई खरानी बनाउने यो देशमा -
सदन र शहर जलाउनेलाई
किन हुन्छ सधैं सम्मान?
कारका सिसाभित्र लुकेकाहरूले
निहत्था नागरिकको ज्यान लिँदा
देखे पनि नदेखेझैं गर्ने,
कस्तो क्रूर नियति खेप्नुपर्छ यहाँ?
प्रकाशित: २६ असार २०८३ १२:२३ शुक्रबार





