१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

सर्वोच्चद्वारा अदालत परिसरमा भएको घटनाप्रति दुःख व्यक्त

सर्वोच्च अदालतले गत भदौ २४ गते अदालत परिसरमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा घटनाबाट घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

भदौ २४ गते अदालत भवनमा भएको आक्रमणको घटनालाई सर्वोच्चले जनताको आस्थाको केन्द्रमाथि आक्रमण भएको भनेको छ। आक्रमणका कारण नागरिकका महत्वपूर्ण दस्तावेजहरू, अदालतमा रहेका उपकरणहरू र सवारी साधनमा समेत ठूलो क्षति पुगेको जनाइएको छ।

सर्वोच्च अदालतले नेपालको न्यायिक इतिहासमा यस्ता घटना पहिलो पटक भएको र यसलाई दुर्भाग्यपूर्ण भन्दै निन्दा गरेको छ। अदालतले आफ्नो संवैधानिक दायित्व र विधिको शासनप्रति प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

घटनाका कारण नष्ट भएका कागजात र भौतिक स्रोतसाधनको संरक्षण गर्न आवश्यक रहेको भन्दै सर्वोच्च अदालतले सबै न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, सुरक्षाकर्मी र सर्वसाधारण नागरिकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। आगामी दिनमा पनि सबै पक्षबाट सहयोगको अपेक्षा गरेको छ।

प्रकाशित: २६ भाद्र २०८२ १७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App