१३ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

सुकुम्बासीका लागि रङ्गरोगनसहित चिटिक्क बन्दै नागार्जुन अपार्टमेन्ट

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीलाई अस्थायी बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन रङ्गरोगनसहित चिटिक्क पारिँदै छ।

विस्थापित परिवारलाई व्यवस्थित रूपमा स्थानान्तरण गर्ने तयारीस्वरूप अपार्टमेन्टको सरसफाइ र मर्मत कार्यलाई तीव्र पारिएको हो।

सुकुम्बासी व्यवस्थापनकै लागि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अग्रसरतामा निर्माण गरिएका तीनवटा भवनमध्ये हाल एउटा भवन प्रयोगमा ल्याउन लागिएको छ।

सुकुम्बासीलाई राख्ने तयारी अघि बढेसँगै हिजोदेखि श्रमिकहरू परिचालन गरी भवन सरसफाइ र रङ्गरोगनको काम भइरहेको छ।

अपार्टमेन्टमा बिजुली नभएका कोठाहरूमा बत्ती जडान र मर्मतको कार्य धमाधम जारी छ। यहाँ प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्ने गरी एउटा परिवारका लागि साना तीनवटा कोठा र शौचालयको सुविधासहितको संरचना तयार पारिएको छ।

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली, गैरीगाउँ र सिनामंगललगायतका बस्ती भत्काइएपछि आइतबार मध्याह्नसम्म २१९ परिवारलाई अस्थायी रूपमा रङ्गशालामा राखिएको छ।

रङ्गशालामा रहेका तिनै परिवारलाई अस्थायी बसोबासका लागि नागार्जुन अपार्टमेन्टमा सार्ने तयारी गरिएको हो।

हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १३ वैशाख २०८३ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App