मंगलबार दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
प्रिमनसुन सक्रिय भएकाले देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने क्रम बढिरहेको छ। सोही क्रममा मंगलबार दिउँसो र राति देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मंगलबार दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको हो। यस्तै राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्रगतिको हावाहुरीको सम्भावना छ।
हावाहुरीको सम्भावना रहेकाले यसबाट जोगिने उपायहरू अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्।
प्रकाशित: २२ वैशाख २०८३ १३:५५ मंगलबार





