३० असार २०८३ मंगलबार
image/svg+xml
समाज

जेनजी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ। सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो।

त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गरे। सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए। नगरप्रमुख बिष्टले भने, 'सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उहाँहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ।'

नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उनीहरूको स्मृतिलाई सदैव जीवित राखिने बताए। वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले भने, 'सहिदहरूको बलिदानलाई सम्मान गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्नु हाम्रो कर्तव्य हो।'

प्रकाशित: १९ वैशाख २०८३ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App