२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सुकुम्बासी भन्छन्- सरकारले व्यवस्थापन नगरे पुरानै ठाउँमा गएर छाप्रो हाल्छाैं

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको व्यवस्था नगरी हटाउन खोजिएको भन्दै विरोध गरेका छन्।

उनीहरूले स्थायी विकल्प नदिइ होल्डिङ सेन्टरबाट निकालिए पुरानै स्थानमा फर्केन चेतावनी दिए।

बिहीबार कीर्तिपुरको राधास्वामी सत्संगमा बसिरहेका पीडितहरूले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै आफूहरूलाई दुई महिनाअघि अस्थायी होल्डिङ सेन्टरमा राखिएको भएपनि सरकारले स्थायी व्यवस्थापनको लागि ध्यान नदिएको बताएका हुन्।

सरकारले गत वैशाख १२ गतेदेखि काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउन सुरु गर्दा १५ दिनका लागि अस्थायी रुपमा आश्रयमा राख्ने र ६० दिनभित्र स्थायी बसोबासको व्यवस्था गर्ने आश्वासन दिएको थियो।

पीडितहरूले होल्डिङ सेन्टरमा आधारभूत सेवा-सुविधा र खानपान सहित बसोबासको ठिक नभएको बताएका छन्।

साथै, उनीहरुले जिल्ला प्रशासन काठमाडौंको असार ९ गते जारी गरिएको सूचनामा असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिँदै प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराएर आफैँ बसोबासको व्यवस्था गर्न भनेकोप्रति पनि आपत्ति जनाएका छन्।

 विज्ञप्तिमा उनीहरुले पाँचबुँदे माग गरेका छन्।

यस्ता छन् मागहरु:  

प्रकाशित: ११ असार २०८३ १६:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App