१९ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

दाङमा पनि सुकुम्बासी बस्ती हटाइने

जिल्लामा पनि सुकुम्बासीहरूका नाममा अतिक्रमित जमिन खाली गराइने भएको छ। सुकुम्बासीका नाममा जिल्लामा भएको अतिक्रमित जग्गा खाली गराउने विषयमा जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालयले सुकुम्बासी बस्ती खाली गराउने प्रकृया प्रारम्भ भएको जनाएको छ।

जिल्लामा विभिन्न सरकारी निकायको जग्गा वर्षौँदेखि कब्जामा छ। यसैगरी, सरकारी खाली जमिन अतिक्रमण गरी बस्ती बसेका छन्।

जिल्ला प्रशासन कार्यालयले सरकारी जग्गामा भएको हरेक खालको अतिक्रमण हटाइने जनाएको छ। ‘सरकारी जग्गामा भएको अतिक्रमण हटाउने र नयाँ अतिक्रमण पनि रोक्ने निर्णय बैठकबाट भएको छ,’ प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले भने, ‘बस्ती खाली गर्नका लागि सूचना दिइने छ, बस्ती हटाउने प्रकृया प्रारम्भ भैसकेको छ।’ प्रशासनका अनुसार बस्ती हटाउनका लागि सूचना दिइने उक्त समय पश्चात बस्ती खाली गराइने छ।

बैठकमा सहभागी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अतिक्रमित बस्तीमा बसोबास गर्दै आएका मध्य वास्तविक सुकुम्बासी पहिचान गरिने छ। वास्तविक सुकुम्बासीहरूको व्यवस्थापन गर्ने गरी बस्ती खाली गरिने चौधरीले जानकारी दिए।

‘पहिला बस्तीमा बसेकाहरू मध्य वास्तविक सुकुम्बासी पहिचान गरिने छ र उनीहरूको बसोबासको व्यवस्थापन गरेर बस्ती खाली गराउने भन्ने आजको बैठकको निष्कर्ष हो,’ चौधरीले भने, ‘मूलतः सरकारी, सार्वजनिक जग्गामा बसोबास गरेको जमिन खाली गराउने भन्ने निर्णय बैठकबाट भएको छ।’

प्रकाशित: १५ वैशाख २०८३ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App