३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

कैदीबन्दीमा छालाजन्य रोगकाे समस्या

दमौली कारागारमा रहेका कैदीबन्दीमा छालाजन्य रोग देखिएको छ । तीस पुरुष र १० महिलामा दाद, लुतोलगायत छालासम्बन्धी समस्या देखिएको हो ।

पुरुषतर्फ रक्तचापका १५, मधुमेहका १०, श्वासप्रश्वासका दुई, क्षयरोगका एक, बाथरोगका दुई र एचआइभी सङ्क्रमित दुई कैदी  रहेका छन् । त्यसैगरी, महिलातर्फ दुई मधुमेह र एक रक्तचापका  कैदी रहेका छन् । कैदीबन्दीलाई दैनिक स्वास्थ्य सेवा प्रदान गर्दैआएको कारागारका अहेव श्यामसिं बोहराले जानकारी दिए।

उनले भने, “सामान्य प्रकृतिका बिरामीका यही उपचार हुन्छ, जटिल प्रकृतिका बिरामीलाई प्रदेश अस्पताल दमौली लैजाने  गरिएको छ ।” गर्मीका कारण छालाजन्य रोगका बिरामी रहे पनि उपचारपश्चात् निको हुँदै गएको उनले बताए।

“करिब आठ महिना स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचारका लागि कठिनाइ भोग्नुपरेको थियो, अहिले सहज भएको छ,” उनले भने। एक सय ३५ जनाको क्षमता रहेको कारागारमा हाल २४ महिलासहित ३२१ कैदीबन्दी रहेका छन् ।  

लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि यस कारागारमा ३० कैदीबन्दी पठाएको उनले बताए।  उक्त कारागारमा रहेका १०९ कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार पठाइएको थियो ।    

प्रकाशित: २० श्रावण २०८२ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App