१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मलङ्गवा नगरपालिका–४ ढाका बोर्डरस्थित सडकमा सोमबार राति भएको दुर्घटनामा एक, चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जना र चितवनकै इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा मिक्चर मेसिन बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।  

यसैगरी, सोमबार राति फलेबास नगरपालिका–४ मुडिकुवामा  जिप दुर्घटना हुँदा त्यसका चालक, डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला जिप पल्टिँदा त्यसका चालक त्यसमा सवार दुई जनाको ज्यान गएको हो। 

प्रकाशित: १० चैत्र २०८२ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App