तिनाउको बाढीले बुटवल उपमहानगरपालिका-११ टपमझुवा क्षेत्रका छ घर बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकबहादुर शाहीका अनुसार बाढीले दुई पक्की र चार कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि बगेका छन्। मानवीय क्षति भने भएको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। वर्षा रोकिएको छैन।
प्रकाशित: ११ आश्विन २०८३ १०:१५ आइतबार





