२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ

गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरत्कुमार थापा क्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे–४ का ईश्वर न्यौपाने, गुल्मी दरबार–२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम–२ का प्रकाश साहलाई पक्राउ गरिएको हो।

यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ का पशुपति राईलाई पक्राउ गरिएको हो। उनीहरू सबैलाई गत बुधबार र हिजो पक्राउ गरिएको हो। अभियुक्तहरूबाट नगद ३१ लाख ८० हजार रुपैयाँ बरामद भएको छ।  

प्रकाशित: २२ जेष्ठ २०८३ १२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App