२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

पाँच दिनपछि उद्धार गरिएका शेर्पाको हड्डी फ्याक्चर र मांसपेशीमा रगत जम्यो, आइसियुमा उपचार हुँदै

सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ।

ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ति जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आइसियुमा राखेर उपचार भइरहेको जानकारी दिएको छ। शेर्पाको दुवै हातका कान्छी औँलामा दोस्रो चरणको फ्रस्टबाइट र दायाँ हातको बुढी तथा माझी औँलामा पहिलो चरणको फ्रस्टबाइट देखिएको अस्पतालले जनाएको छ।

चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तिघ्राको हड्डीमा फ्याक्चर र सोही क्षेत्रको मांसपेशीमा रगत जमेको फेला परेको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ। अस्पतालका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले शेर्पाको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र जलवियोजनको समस्यामा उल्लेख्य सुधार आइरहेको जानकारी दिए।

चिकित्सकको टोलीले शेर्पाको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी गरिरहेको र उनलाई अझै केही दिन आइसियुमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०८३ ०६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App