२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

बाणगंगा नदीमा फसेका ७ युवाहरूको सकुशल उद्धार

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बालपुर गाउँ नजिकै बाणगंगा नदीको बिचमा फसेका ७ युवाहरूको शनिबार दिउँसो सकुशल उद्धार गरिएको छ।

नदीको पौडी खेल्न गएका बेला अचानक नदीको बहाव बढेर फसेका उनीहरूको सुरक्षाकर्मीहरूको संयुक्त टोलीले उद्धार गरेका हुन्।

नेपाल र सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डेढ घण्टाको प्रयास पछि उनीहरूको सकुशल उद्धार गरिएको प्रहरी  नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।

बाणगंगा नगरपालिका ४ का १७ वर्षीय सम्राट गिरी, १८ वर्षीय निर्वाचन नेपाली,१७ वर्षीय ज्ञानेन्द्र परियार कृष्ण तिवारी, मनिष थापा बाणगंगा नगरपालिका १ का विकल्प रेग्मी तथा बाणगंगा नगरपालिका ८ का सुभाष घिमिरेका सकुशल उद्धार गरिएको हो। 

उद्धारका लागि सुरक्षाकर्मीले ढुङ्गा डोरी लगायतका उद्धार सामाग्री सहित नदीमा पसेका थिए। यस्तै उद्धारकै लागि नदीमा क्रेन समेत ल्याइएको थियो।

अर्घाखाचीमा वर्षा भए पछि बाणगंगा नदीमा बाढी आएको छ। प्रशासन कार्यालयले समेत बाणगंगा नदीको बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

प्रकाशित: २७ असार २०८३ १७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App