२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अपराध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

प्रहरीले थाइल्यान्डबाट नेपाल ल्याइएको ११ किलोग्राम गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको प्रोफाइलिङ गर्ने क्रममा क्याथे प्यासिफिक एयरवेजको उडान नम्बर सिएक्स ६०२ मार्फत थाइल्यान्डबाट हङकङ हुँदै काठमाडौं आएका दुई भारतीय नागरिकको झोलाबाट ११ किलोग्राम गाँजा बरामद गरिएको हो।

सो गाँजा लिन विमानस्थल पुगेका अर्का एक भारतीय नागरिकलाई समेत पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारतको पञ्जाब लुधियानाका ३० वर्षीय सोनी, २३ वर्षीय जगरूप सिंह र हरियाणाको कैथलका २२ वर्षीय साहिल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट ११ किलोग्राम गाँजा, ३ थान राहदानी (पासपोर्ट) र ३ थान मोबाइल फोन बरामद गरेको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०८३ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App