९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

लागुऔषधसहित सात जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका –१० बाट एकजना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो।

यसैगरी झापाको विर्तामोड नगरपालिका–३ बाट एकजना, कञ्चनपुरको बेलौरी नगरपालिका–१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

प्रकाशित: ८ चैत्र २०८२ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App