१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

कुलमान घिसिङको नेतृत्वमा सडक चुस्त दुरुस्त राख्नेसहित सात निर्णय

सडकको हालत बुझ्न ‘फोलक पर्सन’ राखिने

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको पहलमा शनिबार बिहान मन्त्रालयले सात बुँदे निर्णय गरेको छ । मन्त्रालयले दशैंको बेला र त्यसपछि पनि देशभरका सडकको अवस्था बुझ्न र त्यसबाट आएको जानकारी सम्बन्धित निकायलाई तत्कलै उपलब्ध गराउन छुट्टै फोकल पर्सन राख्ने निर्णय गरेको छ ।

फोकल पर्सन इञिजनियर तहको हुनेछ । फोकल पर्सन राख्ने विषयमा आइतबार निर्णय हुने सडक विभागका महानिर्देशक डा.विजय जैशीले बताए । उनका अनुसार विभागले नियुक्त गर्ने फोकल पर्सन सडकको अवस्था बारेमा बुझ्न चौविसै घण्टा खटिने छ ।  

‘देशभरका सबै सडकको जानकारी उसले बुझ्ने छ र प्राप्त जानकारी तत्कालै सम्बन्धिन निकायलाई दिनेछ’ डा जैशीले भने, ‘त्यसपछि त्यहाँ सवारी साधन चलाउन उपयुक्त छ, छैन । या रातिको समयमा चलाउन सकिन्छ कि सकिन्नलगायत सबै निर्णय सम्बन्धित कार्यालयले  गर्नेछ ।’

मन्त्रालयको यो नयाँ निर्णय हो । शनिबार बिहान भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको मन्त्री स्तरीय बैठकले यो निर्णय गरेको हो । बैठकमा मन्त्रालयका सचिव केशव शर्मा,  मन्त्रालयका सहसचिव तथा सरोकार निकायका प्रतिनिधिलाई बोलाइएको थियो । बैठकमा यातायात व्यवसायीलाई पनि बोलाइएको थियो । बैठकमा सात बुँदामा बुदाँगत रुपमा माइन्यूट गरिएको छ ।  माइन्यूटको  पहिलो निर्णय नागढुगाँ  सुरुङ मार्ग सम्बन्धी छ । निर्णयमा भनिएको छ, ‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधन सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने निर्णय भयो ।’

दोस्रो निर्णय सुरक्षा व्यवस्थापन सम्बन्धको छ । निर्णयमा भनिएको छ,  ‘काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।’

तेस्रो निर्णय बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठूला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) संचालन नगराउने विषयमा गरिएको छ ।  

राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर लागु हुने गरी ठुला भारबाहन सवारी साधनहरु (१२ चक्के र सोभन्दा माथि) सञ्चाालन नगर्न/नगराउन माइन्यूट गरिएको छ । सो खण्डमा  खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउने निर्णय भएको छ ।

माइन्यूटको चौथौ निर्णयमा सडक सुधारबारेको छ। मुलुकभरका मुख्य सडकलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउन्ने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन गर्ने निर्णय भएको छ।

मन्त्री स्तरीय निर्णयले  नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको छ । तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चाडलनमा ल्याउने गरी आवश्यक काम गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ ।  

पाँचौ नम्बरमा आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने विषयमा निर्णय गरिएको छ । यसैगरी छटौ निर्णयमा सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि/निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी तत्कालै  मन्त्रालयमा पेश गर्न निर्देशन गरिएको छ ।  

सातौ निर्णयमा फोकल पर्सन सम्बन्धी निर्णय गरिएको छ ।

 

सडक कहाँ कहाँ बन्द छन्  ?  

विभागका महानिर्देशक डा जैशीका अनुसार शनिबार साँझसम्म नारायणघाट– मुगलिङ सडक अबरुद्ध भएको छ । यसैगरी अरनिको राजमार्ग पनि अबरुद्ध भएको छ । डा जैशीका अनुसार शनिबार सााँझसम्म अरनिको राजमार्गमा ५ ठाउँमा पहिरो गएको छ । ५ ठाउँ मध्ये ३ ठाउमा खुलेको छ भने बाँकी २ ठाउँमा अझै अबरुद्ध छ । यसैगरी रसुवागढी सडक नाकामा बेलिव्रिज नहुँदा अबरुद्ध भएको छ । यसैगरी कोशी राजमार्ग तथा भेरी राजमार्गमा ठाउँ ठाउँमा सडक अबरुद्ध भएको छ ।  अबरुद्ध भएका सडक जति सक्दो चाँडो खुलाउन विभागले प्रयास गरिरहेको उनले बताए ।

प्रकाशित: ४ आश्विन २०८२ १९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App